back
CTIZAN AD

ओक्साकामा बस दुर्घटना हुँदा १८ को मृत्यु, २७ घाइते

वि.सं.२०८० असोज २० शनिवार

984 

shares

ओक्साका, मेक्सिको । मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् ।

दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिए । दुर्घटनामा घाइते २७ जनालार्ई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्याइएको छ ।

अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका- कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ ।

थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो । क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो ।

भेनेजुयला र हाइटीबाट अधिकांश आप्रवासीहरू असुरक्षा र आर्थिक सङ्कटका कारण उत्तरतर्फ यात्रा गर्ने गरेको सिएनएनले जनाएको छ ।

अमेरिका र मेक्सिकोका अधिकारीहरूले आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । वासिङ्गटनले मेक्सिको सिटीलाई मेक्सिको क्षेत्र पार गर्ने आप्रवासीका बारेमा थप जिम्मेवार बन्न दबाव दिइरहेको छ ।

खाद्यान्न अभाव र सीमित स्वास्थ्य सेवाका कारण भेनेजुयलाबाट मात्र ७७ लाखभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ । यो विस्थापनको सङ्ख्याले युद्धको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएको जनसङ्ख्यालाई समेत पछाडि पारेको छ ।
एएनआई /फाइल फोटो

वि.सं.२०८० असोज २० शनिवार १५:२९ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...