back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले ल्यायो डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजना

वि.सं.२०८० असोज २८ आइतवार

1.5K 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पोओएस मेसिनबाट भुक्तानी गर्दा ३ सयदेखी ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुने बैंकले जनाएको छ ।

नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त योजना अवधिभर कम्तीमा १००० को ३ वटा कारोबार गरेमा ३ सय तथा ५ वा सोभन्दा बढी कारोबार गरेरमा ५ सय नगद फिर्ता हुुने बैंकले जनाएको छ ।

बैंकका अनुसार आज असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्र्तिक ७ गते अर्थात वडा दशैं (दशमी) को दिन सम्म लागू हुनेछ । साथै, बैंकले आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले आफुलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा दशैं प्रोमो कोड प्रयोग गरी खरिद मूल्यमा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म नगद छुुट पाउनेछन्् । उक्त योजना आइतबारदेखि टिकाको दिनसम्म लागूहुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

वि.सं.२०८० असोज २८ आइतवार ११:२८ मा प्रकाशित

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...