back
CTIZAN AD

भाउ आकासिए पनि मुस्ताङी च्याङ्ग्रा भित्रियो बागलुङमा

वि.सं.२०८० असोज २८ आइतवार

3.8K 

shares

गलकोट (बागलुङ) । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएका छन्् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ लयाएका हुन् ।

लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो ।

“अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु प¥यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उनले भने “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन् ।

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसँैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए ।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ ।

वि.सं.२०८० असोज २८ आइतवार १५:०२ मा प्रकाशित

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...