back
CTIZAN AD

युएइले दियाे नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य

वि.सं.२०८० कात्तिक १ बुधवार

1.6K 

shares

काठमाडौँ । त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको हो । युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् ।

त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे । नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
रासस

वि.सं.२०८० कात्तिक १ बुधवार १६:०६ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...