काठमाडौं । पिङ हाल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे भुम्लु गाउँपलिका ६ कोतालीका ५० वर्षीय गणेश परियार रहेका छन् ।
उनको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रुखमा चढेको बेला लडेर मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
वि.सं.२०८० कात्तिक ६ सोमवार ०९:२२ मा प्रकाशित






























