back
CTIZAN AD

निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1.5K 

shares

१४ वैशाख, काठमाडौँ । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउन माग गरेको छ ।

सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भने पनि निर्वाचनमा दुई पार्टी मिल्दा दुवै पार्टीले उम्मेदवार पुरुष उठाउँदा महिलाको सिट नपुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।”
अध्यक्ष यादवले देशको नीति, निर्णय गर्ने ठाउँमा महिलालाई समावेश नगर्दा महिलाको अधिकार गुम्ने खतरा बढेर गएको बताउनुभयो । सञ्जालकी महासचिव यशोधा सुवेदीले स्थानीय तहको निर्वाचनमा दलित महिलालाई अनिवार्य रुपमा उठ्न पाउने व्यवस्था गरे पनि दलित नभएको ठाउँमा अरु महिला उठ्न पाउनुपर्ने माग गर्नुभयो ।

महिलाको अधिकारलाई लागि लड्दै आएको सञ्जालमा हाल विभिन्न १० राजनीतिक दलका महिला आबद्ध छन् ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०९:४४ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...