back
CTIZAN AD

मुटु रोगबाट पीडित जगरबहादुर खड्कालाई आर्थिक सहयोग

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1K 

shares

photo2लालबहादुर ढेंगा, दुबई, युएई । विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । भारत, काठमाण्डौं र पोखराका अस्पतालहरुमा उपचार चलेको र निजको घर स्थिति नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरेको हो ।
उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो । जसमा १२ जनामध्ये आ–आफ्नो शक्ति र सम्भव अनुसार सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेका छन् । लालबहादुर खड्का दिराम ५००, गम भण्डारी १८०, गोरख खड्का १००, कर्णबहादुर खड्का १००, कृष्ण भण्डारी १०१, यामबहादुर खड्का १००, सागर शर्मा १००, लिलाबहादुर थापा ७५, निर्दोष खत्री ६५, धन श्रीस ५०, पुष्पराज महतो ३० र कमल खत्रीबाट ३० दिराम सहयोग भएको छ ।
सो रकम युएईबाट समाजले सोही गाउंमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवी जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो । पीडितको घरमा श्रीमति २ छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको जानकारीमा आएको छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार १०:०१ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...