back
CTIZAN AD

सरकारले चासो नदिनाले चिया खेती फस्टाउन सकेन- सरोकारवाला

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1.2K 

shares

१४ वैशाख, काठमाडौँ। चिया उत्पादनका लागि सरकारले चासो नदिएको गुनासो सरोकारवालाले गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चियाको सम्भावना धेरै भए पनि सरकारले चासो नदिएकाले फस्टाउन नसकेको गुनासो गरेका हुन् ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बर्सेनि अर्बौंको चिया निर्यात गरेर विदेशी मुद्रा आर्जन गरे पनि सरकारबाट उचित तरिकाले चियाको विकासमा सहयोग पु¥याउन नसकेको बताउनुभयो ।
“चियामा पर्याप्त अनुसन्धान नहुँदा यसले व्यापकता पाउन सकेको छैन”, उहाँले भन्नुभयो – ‘‘उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता छ ।” उहाँका अनुसार आव २०७२÷७३ मा १३ हजार २८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै रु दुई अर्ब ४० लाख आर्जन गरिएको छ ।

चिया व्यवसायी दीपक बास्कोटाले सरकारको चियालाई हेर्ने स्पष्ट दृष्टिकोण नभएकाले व्यवसायले गति लिन नसकेको धारणा राख्नुभयो । उहाँले सरकारले कृषि क्षेत्रमा बिमा गर्दै आएको उल्लेख गर्दै चियाको पनि बिमा गरिदियो भने व्यवसायीलाई राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
विसं १९२० वाट व्यावसायिक रुपमा चियाखेतीको सुरुवात भएकामा अहिले झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछापलगायत २४ जिल्लामा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ ।

चियाको बिक्री केन्द्र स्थापनाको तयारी

बोर्डले एकद्वार प्रणालीबाट चियाको बिक्री वितरण गर्नका लागि (चिया अक्सन केन्द्र) बिक्री केन्द्र स्थापनाको तयारी थालेको छ ।

बोर्डका कार्यकारी निर्देशक गौतमले आउँदो आवबाट सामूहिक रुपमा बिक्री वितरण गर्नका लागि अक्सन केन्द्र स्थापना गर्न थालिएको जानकारी गराउनुभयो । केन्द्रका लागि सरकारसँग रु ५० लाख माग गरिएको छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार १०:०९ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...