१४ बैशाख, काठमाडौँ—इङ्गलिश प्रिमियर लिग अन्र्तगत आज राति म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्दै छन । म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाडमा हुन गइरहेको खेलमा एउटै शहरका यी दुइ प्रतिदन्द्धीहरु भिड्न लागेका हुन । अंक तालिकामा क्रमश चौथो र पाँचौ स्थानमा रहेका यी टोलीहरुको खेललाइ अर्को सिजनमा च्याम्पियन्स लिगमा स्थान निर्धारण गर्न ठुलो भुमिका खेल्ने हुनाले यो खेललाइ विशेष महत्व दिइएको
छ । शीर्ष चार भित्र पर्ने टिमले मात्र च्याम्पियन्स लिगमा स्थान पाउने प्राबधान रहेको छ ।
। यो खेललाइ विशेष गरेर सिटीका प्रशिक्षक पेप ग्वार्डिवोला र युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो बिचको प्रतिष्ठाको लडाँइको रुपमा समेत हेरिएको छ ।