back
CTIZAN AD

एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा

वि.सं.२०७४ वैशाख १४ बिहीवार

879 

shares

१४ वैशाख, बेसीसहर, लम्जुङ  । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् ।

आज दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य गर्ने बताएका हुन् । राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिबद्ध हुँदै जिल्लाको विकास गर्न दुई दलबीच स्थानीय तहको निर्वाचनमा संयुक्त मोर्चा बनाउने सहमति भएको दुवै दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा (एमाले)का जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पारसमणि पौडेलले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । दुई दलबीच भएको सहमतिअनुसार आठ स्थानीय तहमध्ये तीनवटामा नेकपा (माओवादी केन्द्र) र बाँकी पाँच वटामा नेकपा (एमाले)ले प्रमुख पदका लागि उम्मेदवारी दिने नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज पौडेलले बताउनुभयो ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ११:१४ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...