काठमाडौं । चिसो मौसम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको दैनिक सेवाको समय ६ घण्टा बनाएको छ ।
जाडो समयमा दिन छोटो हुने हुनाले सरकारले सरकारी कार्यालयहरुमा वर्षमा तीन महिनाका लागि कार्यालय समय ६ घण्टामात्रै तोकिने गरेको छ । सोहि अनुसार आज (बिहीबार) देखि माघ १५ गतेसम्म सरकारी कर्मचारीहरुले बिहान १० देखि साँझ ४ बजेसम्म काम गर्नेछन् ।
अन्य समयमा बिहान १० बजे खुलेर साँझ ५ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि ४ बजे नै बन्द हुनेछन् ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०७:४० मा प्रकाशित






























