काठमाडौं । शान्ति प्रक्रियाको महत्वपूर्ण कडीको रुपमा मानिएको सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) छिट्टै टुंगोमा पुग्ने विश्वास गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नी प्रसाद सापकोटाले सो जनाउ दिएका हुन् ।
माओवादीका अनुसार सो सम्बन्धमा सबै दलहरु सहमतिको नजिक पुगिसकेकाले आगामी हिउँदे अधिवेशनमा सो पास हुने गरी काम अगाडि बढेका छन् । साथै सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमण ऐतिहासिक रहेको समेत बताए ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार १४:०६ मा प्रकाशित






























