back
CTIZAN AD

चिरख्वा हाइड्रोको आईपीओ बाँडफाँड

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.3K 

shares

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज मध्यान्ह १ बजे आईपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ३४ हजार ९१७ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ३१ हजार ९ सय ३६ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ८५ हजार ९ सय ३० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ । आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।

वि.सं.२०८० कात्तिक १६ बिहीवार १४:३८ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...