back
CTIZAN AD

जापनमा भालुको आतङ्क, छ महिनामा एक सय ८० जनामाथि आक्रमण

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.4K 

shares

टोक्यो । अप्रिलदेखि अक्टोबरको बीचमा जापानमा भालुको आक्रमणमा परेका मानिसको सङ्ख्या एक सय ८० पुगेको पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न सुरु गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधबार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड एक सय ५८ थियो ।

अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२३ मा अहिलेसम्म भालुहरूको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । अगस्टमा १५ जनामाथि भालुले आक्रमण गरेको थियो भने यो सङ्ख्या सेप्टेम्बरमा ३८ र अक्टोबरमा ७१ पुगेको थियो ।

उत्तरपूर्वी जापानको ताहोकू क्षेत्रमा कूल जनसङ्ख्याले करिब ७० प्रतिशत भाग ओगटेको छ । विशेषज्ञहरूका अनुसार पहाडहरूमा सुक्खा फलफूल (बदाम, ओखर आदि) को उत्पादन कम भएकाले पर्याप्त भोजन नपाउँदा यो वर्ष भालुहरू मानव बस्तीका वरपर धेरै पटक देखिएका थिए ।

मन्त्रालयले डिसेम्बरमा भालुहरू शीतनिद्रामा नगएसम्म अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । “बेपत्ता मानिसहरूको खोजीमा उद्धारकर्मीहरूले रातभर काम गरिरहेका थिए र आज बिहान पुनः सुरु भएको छ”, एक प्रहरी अधिकारीले भने ।(रासस/सिन्ह्वा)

वि.सं.२०८० कात्तिक १६ बिहीवार १७:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...