back
CTIZAN AD

एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.5K 

shares

तोर्खम (पाकिस्तान) । इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नोभेम्बर १ को समयसीमा नजिक आउनासाथ प्रहरीले अफगानीहरूलाई पक्राउ गरेर हिरासतमा लिनका लागि दर्जनौँ होल्डिङ सेन्टर खोल्न सुरु गरेपछि पछिल्ला केही दिनमा बहुसङ्ख्यक मानिस सीमामा पुगेका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको तोर्खममा पाकिस्तानको सबैभन्दा व्यस्त सीमाविन्दुमा अधिकारीहरूले सात किलोमिटरसम्म फैलिएको २८ हजार मानिसको लाइनलाई हटाउन बिहीबार बिहानै काम गरेका थिए ।

त्यसपछि सीमामा यातायात सहज भएको छ । प्रहरीले खोजी अभियान सुरु गरेका कारण अधिकारीहरूले कागजातविहीन अफगानहरूलाई स्वेच्छाले जान प्रोत्साहन गरेका छन् ।

सीमावर्ती जिल्लाका डेपुटी कमिश्नर अब्दुल नासिर खानले भने, “समय सीमा समाप्त भएकाले अवैध अफगानीहरू ठूलो सङ्ख्यामा तोर्खमा पुगेका छन्, मानिसहरू अहिले पनि स्वेच्छाले फर्किन सक्छन् तर आज सीमामा एक हजार मात्र उपस्थित छन् ।”

खैबर पख्तुनख्वा प्रान्तबाट एक लाख २९ हजार मानिस भागेको प्रान्तीय गृह विभागले जनाएको छ । त्यहाँको सीमा अधिकारीहरूले ३८ हजार एक सय मानिस बलुचिस्तानको चमन हुँदै आएको बताएका छन् ।

हालैका दशकमा हिंसात्मक सङ्घर्षका क्रममा भागेर लाखौँ अफगानीहरू पाकिस्तान आएका छन् । तीमध्ये सन् २०२१ अगस्टमा तालिबान सरकारले सत्ता कब्जामा लिएर कठोर इस्लामी कानून लागू गरेपछि करिब छ लाख मानिस रहेका छन् । (रासस/एएफपी)

 

वि.सं.२०८० कात्तिक १६ बिहीवार १७:२५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...