back
CTIZAN AD

नेपाल प्रहरीका प्राविधिक समूह तर्फ विभिन्न पदमा नयाँ भर्ना खुल्यो

वि.सं.२०८० कात्तिक १७ शुक्रवार

1.6K 

shares

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह तर्फ विभिन्न पदमा गरेर १२८ जनाको लागि नयाँ भर्ना खुलेको छ ।

नेपाल प्रहरीको सञ्चार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, हातहतियार मर्मत शाखा, नेपाल प्रहरी अस्पताल लगायतका क्षेत्रमा प्राविधिक पदका लागि नयाँ भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै जनाएको छ ।

सञ्चार निर्देशनालय तर्फ प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी १६ जना भर्नाको लागि दरखास्त आह्वान गरिएको छ ।

भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनाको लागि नयाँ भर्ना खुलेको छ ।

त्यस्तै प्रहरी अस्पताल तर्फ मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्टसहित ६१ जनाको लागि भर्ना खुलेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :

 

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १०:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...