काठमाडौं । खुकुरी प्रहार तथा कुटपिपट गरेर हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
प्रहरीले झापा, बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई भिनाजुमाथि खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार राति पक्राउ गरेको हो ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
त्यसैगरी पर्सा, पर्सागढी नगरपालिका–४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ५० वर्षीय आशा चौधारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै–झगडा हुँदा गम्भीर घाइते भएका रामको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ् दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:१७ मा प्रकाशित






























