back
CTIZAN AD

मनपरि शुल्क लिएको विरोधमा प्रदर्शन

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

945 

shares

 

१५ वैशाख, काठमाडौँ । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप भएको छ ।

विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् ।

ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दी समेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । उहाँले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लङ्घन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुन विपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिनुभयो ।

सरकारले वार्ताका लागि बोलाएको भए पनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्ता नबस्ने विद्यार्थी सङ्गठनले जनाएको छ । ती सङ्गठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्ने जस्ता निर्णय पनि गरेको थियो ।

निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिष्कार गर्ने सङ्गठनले जनाएको छ । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आवद्ध छन् ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०८:३४ मा प्रकाशित

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...

गृह मन्त्रालयको वार्षिक विकास कार्यक्रम सार्वजनिक, हेनुहोस् के के परे प्राथमिकतामा

गृह मन्त्रालयको वार्षिक विकास कार्यक्रम सार्वजनिक, हेनुहोस् के के परे प्राथमिकतामा

काठमाडौं । गृह मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको...

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

काठमाडौं, । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले समयमै डिम्याट (हितग्राही)...

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त...

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

काठमाडौं, । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै...