back
CTIZAN AD

तरकारी बजारलाइ व्यवस्थित वनाउने अभियान

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

789 

shares

 

१५ बैशाख, दमक। झापाको दमक बजार क्षेत्रमा तरकारी तथा फलफूल बजारलाई नमुना तरकारी बजारका रुपमा विकास गराउन स्तरोन्नतिको काम थालिएको छ ।

दमक नगरपालिका–६ स्थित नगरपालिकाको स्वमित्वमा रहेको नयाँ तरकारीबजारलाई थप व्यवस्थित बनाउन स्तरोनन्तिका काम थालिएको हो । दमक उद्योग वाणिज्य सङ्घको पहलमा तरकारी व्यवसायी र दमक नगरपालिकाको साझेदारीमा विभिन्न पूर्वाधार निर्माणका काम थालिएको नयाँ तरकारी बजार निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बजारभित्र सोलार जडान गर्ने योजना छ । व्यवसायीको सक्रियतामा तरकारी बजारलाई नमुना बनाउन लागिएको हो । विसं २०६९ देखि नगरपालिकाले स्थानीय तरकारी व्यवसायीको साझेदारीमा कृषि सामग्री संस्थाको अढाई बिगाह जग्गा २१ वर्षका लागि भाडामा लिएर तरकारी बजार सञ्चालन गरेको हो ।

दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकालका अनुसार पूर्वाधार निर्माणका लागि रु २४ लाख खर्च हुने बताउनुहुन्छ । नगरपालिकाको ७५ प्रतिशत र व्यवसायीको २५ प्रतिशत लगानी रहने छ । वर्षा याममा पानी जम्ने, हिलाम्मे हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न थालिएको हो ।

अहिले टायल बिच्छ्याउने  तथा कर्कटपाता लगाएर घामपानी छल्नेसहितका संरचना निर्माण भइरहेका छन् । सो कार्यका लागि ३१ जना व्यवसायीले रु १६ लाख लगानी गरिसकेका छन् ।

तरकारी बजारमा १७६ वटा कक्ष छन् । नगरपालिकाले ती सवै कक्षबाट मासिक कर उठाउँदै आएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल तरकारी बजारको पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्र्दै आएको बताउनुहुन्छ । उक्त बजारमा स्थानीयदेखि पूर्वी पहाडी भेगका साथै भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा तरकारी आयात गरिँदै आएको छ ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०९:१२ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...