back
CTIZAN AD

‘घुम्ती हुलाक सेवा’को सुरुवात

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

2.1K 

shares

१५ वैशाख, काठमाडौँ । गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ ।

कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पु¥याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो ।

सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको छ ।”

मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गर्नुभयो ।

आजदेखि सुरु भएको सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने कार्यालयले जनाएको छ ।

रुट नं १ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई कर्मचारी सञ्चय कोष ठमेल, राहदानी विभाग, खानी विभाग, राजस्व विभाग, बाँसबारी इलाका हुलाक, बालुवाटार हुलाक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, पोष्टल प्लाजा डिल्लीबजार, अध्यागमन विभाग, लोकसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत हुँदै गोश्वारा हुलाकको क्षेत्रमा सेवा दिनेछ ।

रुट नं २ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई जिल्ला हुलाक कार्यालय ललितपुर, ललितपुर महानगरपालिका हरिहरभवन, स्टाफ कलेज जावलाखेल, पाटन औद्योगिक क्षेत्र, हरिहर भवन युनिट, त्रिपुरेश्वर क्षेत्रमा सेवा दिनेछ भने रुट नं ३ बबरमहल, बानेश्वर, कोटेश्वर, ठिमी, जिल्ला हुलाक कार्यालय भक्तपुरमा सेवा दिनेछ ।

घुम्ती शिविरको समयमा आफ्नो चिठीपत्र बाटोबाटै पाउने व्यवस्थासमेत कार्यालयले मिलाएको छ ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०९:१९ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...