प्रिय कमरेडहरु
अभिवादन ।
सर्वप्रथम यो देशको सबैभन्दा धेरै प्रजातान्त्रिक, देशभक्त, समावेसी प्रगतिशील पार्टिको कार्यकर्ता बन्नुभएकोमा तपाईं सबैलाई हार्द्धिक बधाई भन्न चाहान्छु । साथै आगामी दिनमा पार्टी प्रतिको निष्ठा , आस्था , इमान र आदर्शको राजमार्गलाई महामार्ग बनाउन लाग्नुहुनेछ भन्ने शुभकामना समेत व्यक्त गर्न चाहान्छु ।
प्रिय कमरेडहरु
पार्टी जिवनका धेरै लामा र पट्यार लाग्दा कठिनाई र रहर लाग्दा सहजता सबै भोगेर लामो यात्रा तय गर्नुभएका तपाइँले मैले भन्दा धेरै अनुभव सङ्गाल्नु भएको छ । यश मानेमा म यहाँ कुनै सैद्धान्तिक आदर्श र अन्य काल्पनिक बिषयमा लेख्न चाहान्न ।
कमरेड पुष्पलालको शरीररुपि यश पार्टीमा कमरेड मदनको बिचाररुपि रगत दौडिएको छ । र तपाईं कार्यकर्तारुपि पोषण पाएसम्म नेकपा एमाले सदा हराभरा हुने कुरा कहिँ कतै नलुकेको सत्य हो ।
यहि पार्टी हो जसले आफ्नो शैशव कालमै राणाहरुको राइदाइ बिरुद्ध लडेर जनतालाइ एकतहको मुक्ति दिलाउन सक्यो । पन्चायतको कालरात्रीसङ्ग नझुकी उज्यालोको बर्षा गरायो । प्रजातन्त्रको आगमन पछिपनी यसको मुनो भाच्न कैयौ प्रहार भए ती सबैसङ्ग मुकाबिला गर्दै आज एमाले यहाँसम्म आइपुगेको छ । यसमा यो पार्टीले बोकेको बिचार र म भन्दा हामी , हामी भन्दा पार्टी र पार्टी भन्दा देश ठूलो ठान्ने तपाईं कार्यकर्ताकै भुमिका अहम् छ ।
कमरेड मदन जिवित रहेसम्म त तपाईंहरुलाइ त्यति ठूलो दवाब थिएन । किनकी पार्टीमा मदन हुनुहुन्थ्यो । मदनको असामयिक अवशान सङ्गै मदनले थेगेको भार थेग्ने दायित्व तपाईंहरुमा आयो । जसलाइ तपाईंहरुले निपुणतापुर्वक थेग्नु मात्रै भएन मदनलाइ भौतिकरुपमा सकाएर एमालेको घेरा सागुर्याउने र एमालेरुपी घर भत्काउन चाहानेहरुलाइ पार्टी अझ बलियो बनाएर मुखभरिको उत्तर पनि दिनुभयो । त्योबेलासम्म मनमोहन हामीसङ्गै हुनुहुन्थ्यो । उहाँको सादगी र निष्ठापुर्ण जिवनले हामीलाई सदा उत्साही गराइ रह्यो । खासगरी पार्टी जिवनको सबैभन्दा ठूलो परीक्षा कार्यकर्ताहरुले मनमोहनको अवसान पछि दिनु पर्यो । एकातिर जङ्गलको निरन्तर प्रहार र अर्कोतिर माओवादिका नाउँमा एमाले सकाउन लागेको काठमाडौको सत्ताको चेपुवामा तपाईंहरु नराम्ररी च्यापिनु भएको तितो यथार्थ र अनुभ तपाईंहरु सङ्ग छ । एउटा बन्दुक दायाँ कंचट र अर्को बन्दुक बायाँ कंचटमा ताकिएको समय थियो त्यो बेला । कैयौ कमरेडहरुका कंचटमा दुबै बन्दुकले प्वाल पारेको हाम्रै आखाले देखेकै हो । हो त्यो अफ्ट्यारो बेला कार्यकर्तालाई सबल र प्रवल नेतृत्वको आवस्यकता खड्किएकै हो । त्यही बेला पार्टिमा निस्ठावान र अडान लिन सक्ने नेतृत्व भएन । पक्कै, त्यो बेला तपाईंहरुमा एउटा निरासाले छोपेको सत्य हो । त्यतिबेला भोलिको सुनौलो बिहानिका लागि तपाईं ज्यान दिन तयार हुनुभयो । र निरासालाइ आशामा बदली रहनु भो । ०५६ देखि ०७१ सम्म यो पार्टीलाई कुनै नेताले होइन तपाईं कार्यकर्ताले जुरुक्कै बोकेर जोगाउनु भएको हो । यश मानेमा एमालेलाइ नेताले होइन कार्यकर्ताले जोगाएको पार्टी भन्न सकिन्छ ।
प्रिय कमरेडहरु
०७१ पछि न हो हामीले आफुले बोकेको भारी नेतृत्वको काधमा राखिदिएको । बिस्वसनिय नेतृत्व पाएकै कारण न हो हामिले हाम्रो काध हल्का बनाएको । पछिल्लो समय हाम्रो काध अलि धेरै हल्का भयोकी भन्ने अनुभूति तपाइँको बृतमा भैसकेको छ । यसो भनिइरहदा हामीले बिस्वास गरेको हाम्रो नेतृत्वको काध थाक्यो भन्ने हामिले बुझ्नु हुदैन ।
हामी त हिजो दुई दुइटा बन्दुकसङ्ग मुकाबिला गरेर आएका शक्ति हौं । हो आज पहिलाभन्दा अलि समय बदलिएको छ । हाम्रा अपेक्षा र कार्यभार बदलिएका छन । केही शक्ति सन्तुलनमा पनि बदलाव आएको छ । र बजारमा केही नयाँ च्याउ थपिएका छन । र यो क्रम अझै बढ्ने निस्चित छ । समय अहिले हर्लक्क बढेको नर्कटले बर्षौको जाडो र गर्मी झेलेर ठडिएको सालको बोटलाइ ठिगुरे भनेर जिस्क्याउनेको आएजस्तो देखिन्छ । साललाइ थाहा छ उसको गर्भ अग्राखले भरिदै आउँदा नर्कट झै हर्लक्क हुन सक्दैन । अनि त्यो पहलमान साललाइ यो पनि थाहा छ उसलाइ ठिगुरे भनेर जिस्काउने सयौ नर्कट उसकै अगाडि सुक्दै ,मर्दै र फेरि उम्रीदै गर्छन भन्ने ।
प्रिय कमरेडहरु अग्राखरुपी साल भएर नर्कटले ठिगुरे भन्दैमा र कहिलककाही नर्कट्को झाङ्ग बर्षा सङ्गै हराभरा हुदैमा ओहो नर्कटले अग्राखले भरिएको साललाइ जित्लाकि भनेर तपाईं पक्कै आत्तिनु भएको छैन । नरकटहरु बर्सेनि उम्रीन्छन र चैत नलाग्दै सुकि जान्छ्न । तर साल हजार बर्ष ठडिन सक्छ । यसकारण आउनुहोस जनताको बहुदलीय जनबादको जनपक्षीय सुर्यको रापिलो न्यानोमा गोलबन्द हुँदै कमरेड केपि ओलिकोको सबल नेतृत्वमा पुन एकढिक्का भएर लागौ ।
हार्द्धिक अभिवादन सहित , तपाईंको प्यारो पुष्पलाल पाण्डे ।
वि.सं.२०८० मंसिर ६ बुधवार २०:५८ मा प्रकाशित






























