back
CTIZAN AD

एमाले कार्यकर्ताहरुलार्ई खुला पत्र

वि.सं.२०८० मंसिर ६ बुधवार

3.5K 

shares

प्रिय कमरेडहरु
अभिवादन ।
सर्वप्रथम यो देशको सबैभन्दा धेरै प्रजातान्त्रिक, देशभक्त, समावेसी प्रगतिशील पार्टिको कार्यकर्ता बन्नुभएकोमा तपाईं सबैलाई हार्द्धिक बधाई भन्न चाहान्छु । साथै आगामी दिनमा पार्टी प्रतिको निष्ठा , आस्था , इमान र आदर्शको राजमार्गलाई महामार्ग बनाउन लाग्नुहुनेछ भन्ने शुभकामना समेत व्यक्त गर्न चाहान्छु ।

प्रिय कमरेडहरु
पार्टी जिवनका धेरै लामा र पट्यार लाग्दा कठिनाई र रहर लाग्दा सहजता सबै भोगेर लामो यात्रा तय गर्नुभएका तपाइँले मैले भन्दा धेरै अनुभव सङ्गाल्नु भएको छ । यश मानेमा म यहाँ कुनै सैद्धान्तिक आदर्श र अन्य काल्पनिक बिषयमा लेख्न चाहान्न ।

कमरेड पुष्पलालको शरीररुपि यश पार्टीमा कमरेड मदनको बिचाररुपि रगत दौडिएको छ । र तपाईं कार्यकर्तारुपि पोषण पाएसम्म नेकपा एमाले सदा हराभरा हुने कुरा कहिँ कतै नलुकेको सत्य हो ।

यहि पार्टी हो जसले आफ्नो शैशव कालमै राणाहरुको राइदाइ बिरुद्ध लडेर जनतालाइ एकतहको मुक्ति दिलाउन सक्यो । पन्चायतको कालरात्रीसङ्ग नझुकी उज्यालोको बर्षा गरायो । प्रजातन्त्रको आगमन पछिपनी यसको मुनो भाच्न कैयौ प्रहार भए ती सबैसङ्ग मुकाबिला गर्दै आज एमाले यहाँसम्म आइपुगेको छ । यसमा यो पार्टीले बोकेको बिचार र म भन्दा हामी , हामी भन्दा पार्टी र पार्टी भन्दा देश ठूलो ठान्ने तपाईं कार्यकर्ताकै भुमिका अहम् छ ।

कमरेड मदन जिवित रहेसम्म त तपाईंहरुलाइ त्यति ठूलो दवाब थिएन । किनकी पार्टीमा मदन हुनुहुन्थ्यो । मदनको असामयिक अवशान सङ्गै मदनले थेगेको भार थेग्ने दायित्व तपाईंहरुमा आयो । जसलाइ तपाईंहरुले निपुणतापुर्वक थेग्नु मात्रै भएन मदनलाइ भौतिकरुपमा सकाएर एमालेको घेरा सागुर्‍याउने र एमालेरुपी घर भत्काउन चाहानेहरुलाइ पार्टी अझ बलियो बनाएर मुखभरिको उत्तर पनि दिनुभयो । त्योबेलासम्म मनमोहन हामीसङ्गै हुनुहुन्थ्यो । उहाँको सादगी र निष्ठापुर्ण जिवनले हामीलाई सदा उत्साही गराइ रह्यो । खासगरी पार्टी जिवनको सबैभन्दा ठूलो परीक्षा कार्यकर्ताहरुले मनमोहनको अवसान पछि दिनु पर्‍यो । एकातिर जङ्गलको निरन्तर प्रहार र अर्कोतिर माओवादिका नाउँमा एमाले सकाउन लागेको काठमाडौको सत्ताको चेपुवामा तपाईंहरु नराम्ररी च्यापिनु भएको तितो यथार्थ र अनुभ तपाईंहरु सङ्ग छ । एउटा बन्दुक दायाँ कंचट र अर्को बन्दुक बायाँ कंचटमा ताकिएको समय थियो त्यो बेला । कैयौ कमरेडहरुका कंचटमा दुबै बन्दुकले प्वाल पारेको हाम्रै आखाले देखेकै हो । हो त्यो अफ्ट्यारो बेला कार्यकर्तालाई सबल र प्रवल नेतृत्वको आवस्यकता खड्किएकै हो । त्यही बेला पार्टिमा निस्ठावान र अडान लिन सक्ने नेतृत्व भएन । पक्कै, त्यो बेला तपाईंहरुमा एउटा निरासाले छोपेको सत्य हो । त्यतिबेला भोलिको सुनौलो बिहानिका लागि तपाईं ज्यान दिन तयार हुनुभयो । र निरासालाइ आशामा बदली रहनु भो । ०५६ देखि ०७१ सम्म यो पार्टीलाई कुनै नेताले होइन तपाईं कार्यकर्ताले जुरुक्कै बोकेर जोगाउनु भएको हो । यश मानेमा एमालेलाइ नेताले होइन कार्यकर्ताले जोगाएको पार्टी भन्न सकिन्छ ।

प्रिय कमरेडहरु
०७१ पछि न हो हामीले आफुले बोकेको भारी नेतृत्वको काधमा राखिदिएको । बिस्वसनिय नेतृत्व पाएकै कारण न हो हामिले हाम्रो काध हल्का बनाएको । पछिल्लो समय हाम्रो काध अलि धेरै हल्का भयोकी भन्ने अनुभूति तपाइँको बृतमा भैसकेको छ । यसो भनिइरहदा हामीले बिस्वास गरेको हाम्रो नेतृत्वको काध थाक्यो भन्ने हामिले बुझ्नु हुदैन ।

हामी त हिजो दुई दुइटा बन्दुकसङ्ग मुकाबिला गरेर आएका शक्ति हौं । हो आज पहिलाभन्दा अलि समय बदलिएको छ । हाम्रा अपेक्षा र कार्यभार बदलिएका छन । केही शक्ति सन्तुलनमा पनि बदलाव आएको छ । र बजारमा केही नयाँ च्याउ थपिएका छन । र यो क्रम अझै बढ्ने निस्चित छ । समय अहिले हर्लक्क बढेको नर्कटले बर्षौको जाडो र गर्मी झेलेर ठडिएको सालको बोटलाइ ठिगुरे भनेर जिस्क्याउनेको आएजस्तो देखिन्छ । साललाइ थाहा छ उसको गर्भ अग्राखले भरिदै आउँदा नर्कट झै हर्लक्क हुन सक्दैन । अनि त्यो पहलमान साललाइ यो पनि थाहा छ उसलाइ ठिगुरे भनेर जिस्काउने सयौ नर्कट उसकै अगाडि सुक्दै ,मर्दै र फेरि उम्रीदै गर्छन भन्ने ।

प्रिय कमरेडहरु अग्राखरुपी साल भएर नर्कटले ठिगुरे भन्दैमा र कहिलककाही नर्कट्को झाङ्ग बर्षा सङ्गै हराभरा हुदैमा ओहो नर्कटले अग्राखले भरिएको साललाइ जित्लाकि भनेर तपाईं पक्कै आत्तिनु भएको छैन । नरकटहरु बर्सेनि उम्रीन्छन र चैत नलाग्दै सुकि जान्छ्न । तर साल हजार बर्ष ठडिन सक्छ । यसकारण आउनुहोस जनताको बहुदलीय जनबादको जनपक्षीय सुर्यको रापिलो न्यानोमा गोलबन्द हुँदै कमरेड केपि ओलिकोको सबल नेतृत्वमा पुन एकढिक्का भएर लागौ ।

हार्द्धिक अभिवादन सहित , तपाईंको प्यारो पुष्पलाल पाण्डे ।

वि.सं.२०८० मंसिर ६ बुधवार २०:५८ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...