काठमाडौं । नेपाल प्रहरीकी प्रहरी नायव निरीक्षक (सई) आफ्नै निवासमा मृत भेटिएका छन् ।
प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत सई ४४ वर्षीय बालकृष्ण उपाध्याय भक्तपुरको सुर्यविनायक नगरपालिका ८ मा रहेको आफ्नै घरमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार उनी घरको तेस्रो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेको हुन् ।
उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० पुस ८ आइतवार १२:५७ मा प्रकाशित






























