दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आगलागी भएको छ । गोदाममा सोमवार राति साढे आठ बजेतिर आगलागी भएको हो । तुलसीपुर-५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । आगलागी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र पानी ट्यांकरको सहायताले आगो निभाइएको छ ।
गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरुपमा बाहिर ल्याइएको प्रहरीले जनाएको छ । क्षतिका्े विवरण आउँन बाँकी छ ।
वि.सं.२०८० माघ २ मंगलवार ०७:१७ मा प्रकाशित






























