back
CTIZAN AD

‘द्वन्द्वका कारण गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’

वि.सं.२०८० माघ ६ शनिवार

1.3K 

shares

संयुक्त राष्ट्रसङ्घ । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।

लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो ।

गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन् । गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ ।

गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ । जसमा संयुक्त राष्ट्रसंघीय निकाय (युएन विमेन) ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ । गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।

युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवार विहिन भएका अनुमान गरिएको छ ।

यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ ।

महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताइन् ।

उनले भनिन्, “विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन् । यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन् । तर पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ ।”

युद्ध अन्त्य गर्न आग्रह

गाजाका महिला र केटीहरूको अवस्थाप्रति शोक व्यक्त गदै सबै महिला तथा बालबालिकाहरूलाई महत्वपूर्ण सहायता र सेवाहरूको प्रावधानसहित गाजामा रहेका सबैका लागि तत्काल मानवीय युद्धविराम र निर्बाध मानवीय पहुँचका लागि बाहुसले आग्रह गरिन् । यो शान्तिको समय भएको बताउदैै सबै इजरायली र प्यालेस्टिनी महिला र बालबालिकाप्रति आफु ऋणी रहेको बताएकी छन् । उनले उनीहरूले अबका दिनमा यसको मूल्य चुकाउनु नपर्ने बताएकी छन् ।

प्रतिवेदन अनुसार बढ्दो वैमनस्यता हुँदाहुँदै पनि महिला नेतृत्व र महिला अधिकार सङ्गठनहरूले काम जारी राखेका छन् ।

गाजा पट्टीमा सर्वेक्षण गरिएका करिब ८३ प्रतिशत महिला सङ्गठनहरू कम्तिमा आंशिक रूपमा सञ्चालनमा छन् । उनीहरू मुख्यतया आपतकालीन प्रतिक्रियामा केन्द्रित रहेका छन् । यद्यपि, सन् २०२३ को फ्ल्यास अपिलमा कोषको संयुक्त राष्ट्र महिला विश्लेषणले अनुसार कोषको ०.०९ प्रतिशत मात्र राष्ट्रिय वा स्थानीय महिला अधिकार सङ्गठनहरूमा आवद्ध भएका छन् ।

पछिल्लो छ महिनाको प्रतिक्रिया योजनाको माध्यमबाट, प्यालेस्टाइनमा संयुक्त राष्ट्रसङ्घका महिलाहरूले १४ हजारभन्दा बढी महिला–नेतृत्व गर्ने परिवारलाई, गाजाका सबै महिला–नेतृत्व गर्ने परिवारको एक तिहाइलाई जीवन–रक्षक सहायता प्रदान गर्दै आएका छन् ।

उनीहरू कपडा, सेनेटरी उत्पादनहरू, र बालबालिकाको लागि आवश्यक पर्ने समानको वितरणलाई सहयोग गर्दै आएका छन् ।

प्रतिवेदन अनुसार लैङ्गिक हिंसाका लागि लैङ्गिक–उत्तरदायी सेवाहरू प्रदान गर्न महिला नेतृत्वको संस्थाहरूसँग पनि युएन वुमनले साझेदारी गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विस्थापित महिलाहरूका लागि आश्रय स्थलहरूमा महिला नेतृत्वको सुरक्षा र प्रतिक्रिया समितिहरू स्थापना गर्ने; र प्यालेस्टाइनमा महिला संस्थाहरूसँग नियमित परामर्श गर्ने गरिरहेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८० माघ ६ शनिवार १९:५९ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...