back
CTIZAN AD

नाफामा ७.८८ प्रतिशतले बृद्धि गरेको एभरेष्टको बैंकको ६ महिनाको आम्दानी झण्डै २ अर्ब

वि.सं.२०८० माघ ७ आइतवार

1.2K 

shares

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको छ महिनामा झण्डै दुई अर्ब नाफा कमाएको छ । बैंकले सार्बजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको वित्तिय विवरणमा यस्तो देखिएको हो ।

विवरण अनुसार यो अवधिमा बैंकले छ महिनामा एक अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वषकोभन्दा ७।८८ प्रतिशतले बढी हो ।

गतवर्ष बैंकले एक अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो नाफा गत वर्षभन्दा १२ करोड ५१ लाख ४५ हजार रुपैयाँले बढी हो ।

उता बैंकको खुद ब्याज आम्दानी भने १।२७ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले तीन अर्ब ६२ करोड ३४ लाख ४७ हजार रुपैयाँ ब्याजवापत आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले तीन अर्ब ६७ करोड २ लाख ४५ हजार ब्याजवापत आम्दानी गरेको थियो ।

उता बैंकको सञ्चालन आम्दानी दुई अर्ब ४४ करोड ७५ लाख ९५ हजार रुपैयाँ रहेको छ भने खराब कर्जा ०।७७ प्रतिशतमा सिमित छ । उसको खराब कर्जा गत वर्ष केहि कम अर्थत ०।५५ प्रतिशत रहेको थियो ।

११ अर्ब ७६ करोड ७९ लाख चार हजार रुपैयाँ चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा झण्डै बराबर अर्थत ११ अर्ब ४२ करोड ७६ लाख दुई हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले दुई खर्ब १३ अर्ब ८६ करोड २४ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ६८ अर्ब ४८ करोड ३८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।

त्यस्तै बैंकको प्रतिशेयर आम्दानी २९.१२ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २१९.५७ रुपैयाँ रहेको छ ।

 

वि.सं.२०८० माघ ७ आइतवार १६:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...