back
CTIZAN AD

२.०९ प्रतिशतले संकुचनमा सिद्धार्थ बैंकको नाफा

वि.सं.२०८० माघ ७ आइतवार

1.1K 

shares

काठमाडौं । सिद्धार्थ बैंकको नाफामा २.०९ प्रतिशतले ह्रास आएको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो छ महिनाको बित्तिय विवरणमा यस्तो देखिएको हो ।

यो अवधिमा बैंकले एक अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षका ेभन्दा कम हो ।
अघिल्लो वर्ष पुषसम्ममा बैंकले एक अर्ब १६ करोड ११ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुषमसान्तसम्म बैंकले खुद ब्याज आम्दानी वापतमात्र चार अर्ब १० करोड ३८ लाख ५८ हजार रुपैयाँ कमाएको छ । यस्तो आम्दानी गतवर्ष सोही अवधिमा चार अर्ब एक करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै बैंकको सञ्चालन नाफा तीन अर्ब ६५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा एक अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

सन्चालन नाफा बढे पनि बैंकको वितरण योग्य नाफामा भनेगत वर्षभन्दा ३० करोड ४५ लाख ३६ हजार रुपैयाँले संकुचन आएको छ ।
बैंंकको चुक्तापूँजी१४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँहुँदा जगेडा कोषमा जम्मा ११ अर्ब ९६ करोड ८० लाख ८९ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकले २ खर्ब २१ अर्ब ७ करोड ८२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।

त्यस्तै बैंकको खराब कर्जा २।८७ बाट २।५६ प्रतिशतमा पुगेको छ ।

उसको प्रति सेयर आम्दानी १६.१८ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १८२.७८ रुपैयाँ रहेको छ ।ं

वि.सं.२०८० माघ ७ आइतवार १६:५१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...