काठमाडौं । टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान)को नयाँ कार्यसमितिका लागि अध्यक्षमा थानेश्वर देवकोटा र कुमार पुरीबिच प्रतिस्पर्धा हुने भएको छ ।
टुर्गान सचिवालयका अनुसार अन्य केहि पदमा निर्विरोध भए पनि अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो । माघ ११ गते हुने टुर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष, महासचिव र कोषाध्यक्षमा दुई, दुई जनाको उम्मेदवारी परेपछि चुनाव हुने भएको हो ।
टुर्गानको महासचिवमा शंकर भट्टराई र टंक दुवाडी तथा कोषाध्यक्षमा डा.बिमला दाहाल र रोहित फुयाँलको उम्मेदवारी परेको छ ।
सचिवालयका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा सुकदेव सिग्देल, द्वितिय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा र सचिवमा माधवराज श्रेष्ठको एकल उम्मेदवारी परेको छ ।
यस्तै कार्यसमिति सदस्यमा नारायण बुढाथोकी, राजेन्द्रराज बज्राचार्य, रामहरि तिमिल्सिना र सरस्वती घिमिरेको उम्मेदवारी परेको बताईएको छ । टुर्गानको ३० औै साधारणसभा एवम् मतदान माघ ११ गते कमलादीस्थित प्रज्ञा भवनमा हुने जनाईएको छ ।
वि.सं.२०८० माघ ७ आइतवार १७:०१ मा प्रकाशित






























