back
CTIZAN AD

प्राइम बैंकको नाफामा ३२ प्रतिशतको उच्च बृद्धि, के छ न अन्य सूचक ?

वि.सं.२०८० माघ ७ आइतवार

1.1K 

shares

काठमाडौं । प्राईम कमर्सियल बैंकले पुषसम्मको आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार यो अवधिमा बैंकले आफ्नो नाफमा ३२।१३ प्रतिशत अर्थत ५३ करोड ०८ लाख रुपैयाँले बृद्धि गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार छ महिनाको अवधिमा २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।
गतवर्ष सोही अवधिमा यस्तो नाफा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै छ महिनामा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ४३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गतवर्ष बैंकको ब्याज आम्दानी ३३ करोड ३७ लाख रुपैयाँ अर्थत ९।५३ प्रतिशतले बढेको छ ।

गतवर्ष बैंकको ब्याजवापतको आम्दानी ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

पुषसम्म बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ११ करोड ८४ लाख रुपैयाँ रहेको छ । गतवर्ष बैंकले २ अर्ब ३६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कुनै वाणिज्य बैंकसँग मर्जमा नगइ अगाडि बढी रहेको बैंकको पुषसम्मको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने यो अवधिमाउसले २ खर्ब ६ अर्ब २६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७० अर्ब ७३ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ३० लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ ।

गतवर्षको पुषमा२।८१ प्रतिशत रहेकोबैंकको खराब कर्जा चालु आवको सोहि अवधिमा ४।०७ प्रतिशत पुगेको छ ।
त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ५.४७ रुपैयाँबाट बृद्धिभई२२.५० रुपैयाँ पुगेको छ । गत वर्षउसको प्रतिशेयर आम्दानी १७.३ रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ १५१.२२ रुपैयाँ रहेको छ ।

 

वि.सं.२०८० माघ ७ आइतवार १७:१४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...