back
CTIZAN AD

नविलको नाफा तीन अर्ब २० करोड, घट्दै छ खराब कर्जा

वि.सं.२०८० माघ ७ आइतवार

1.5K 

shares

काठमाडौँ । नेपालकै ठूलो वाणिज्य बैंक मध्येको एक नविल बैंकले पहिलो छ महिनाको वित्तिय विवरण सार्बजनिक गरेको छ ।
विवरण अनुसार उसले तीन अर्बभन्दा बढी नाफा कमाएको छ भने खराब कर्जा पनि घटाएको छ ।

यो अवधिमा बैंकले तीन अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पुसम मसान्तको तुलनामा ६।२८ प्रतिशत कम हो । गत वर्ष बैंकले तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

विवरण अनुसार छ महिनामा वितरणयोग्य नाफा एक अर्ब आठ करोड ७८ लाख ७६ हजार रुपैयाँ रहको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५।२४ प्रतिशतले बढेको छ । उसको यस्तो आम्दानी ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ

पुगेको छ । त्यस्तै पुससम्म बैंकको सञ्चालन मुनाफा भने ६।१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँमा सिमित रहेको छ ।

कुल चुक्ता पूँजी २७ अर्ब पाँच करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले चार खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको र ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिसेयर आम्दानी २३.६८ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।

विवरण अनुसार बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत आवको सोहि अवधिमा त्रैमासमा १।४६ प्रतिशत रहेकोमा अहिले घटेर १।२० प्रतिशत रहेको छ ।

वि.सं.२०८० माघ ७ आइतवार १७:१८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...