back
CTIZAN AD

यो हिउँदमा वर्षा न्यून, आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

वि.सं.२०८० माघ ७ आइतवार

1.1K 

shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेपनि आजका मितिसम्म खासै वर्षा हुनसकेको छैन ।

हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्याङ्कमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ । देशभर कूल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन् ।

“यो औषधभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन”, उनले भनिन् “ हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।

उनका अनुसार अहिले वर्षा हुने देखिएको छैन । मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०दशमलव एक मिलिमिटरलाई औषत वर्षा मानिएको छ । सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरीकै विष्लेषण गर्ने बेला भने नभएको बताइन् ।

यसपाली नेपालमा मात्रै होइन भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै उनले जलवायु परिवर्तनको असरलगायत कारण वर्षामा असर पारिरहेको जिकिर गरिन् ।

मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो । अहिलेसम्म सक्रियरुपमा वर्षा देखिनु पर्ने हो तर देखिएको छैन । पछिल्लो हप्ता चिसो भने बढेको उनले बताइन् ।

यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ । यो याममा मात्रै होइन वर्षाका बेलामा पनि मौसम घटबढ देखिएको उनले बताइन् । उक्त विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परिरहेको छ ।

आउँदो २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा असर पर्न सक्ने जनाइएको छ ।

त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।

 

वि.सं.२०८० माघ ७ आइतवार १७:१८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...