back
CTIZAN AD

दैनिक हजारौ युवा विदेश गइरहँदा, च्याँउमा भविष्य खोज्दै काफ्ले दाजुभाइ

वि.सं.२०८० माघ ७ आइतवार

1.5K 

shares

टीका खतिवडा, मङ्गलबारे । नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहाने र गर्नेहरु प्रसस्तै छन् । वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

उक्त गाउँपालिका–६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफैँ बजारसम्म पु¥याएर बिक्रीसमेत गर्दै आएका छन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ ।

हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पु¥याउने गरेको उनीहरूकोे भनाइ छ । भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रसस्तै माग रहेको घनेन्द्र बताउछन् । कुनै समयमा त भारतबाट माग आएपछि उही नै पु¥याइदिने गरेको उहाँ उल्लेख गर्छन् । “एकपटक खाएपछि आफैँ पनि फोन गरेर मगाउँछन्’, घनेन्द्र भन्छन् ।
सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ । प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउछन् ।

उत्पादित च्याउलाई प्रायः गे्रडिङ गरेर बजारसम्म लैजाने गरिएको छ । राम्रो र ठूलो दानाकोे प्रतिकिलो रु एक हजारदेखि रु उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो रु छ सयदेखि रु आठ सयसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक रु दुई लाख कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउछन् ।

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बनेका काफ्ले दाजुभाइ गर्न सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिन्छन् । तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा रु ३० लाख घाटा भएको थियो । आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउछन् ।

यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैँमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन । जङ्गलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गरेका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउँछन् । बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नकिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ ।

आफैँले उपभोक्तसमक्ष पु¥याउदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ । ताजा च्याउको स्वाद मिठोे हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैँले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ ।

विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उनी बताउछन् ।

कसरी उत्पादन हन्छ सिताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्रायःकट्टुसको मुडामा बीउ राख्ने गरिन्छ । काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।

प्रयोग गर्ने तरिका

सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ । यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ । सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।

तयारी यो च्याउको सुकुटी प्रतिकिलो रु १२ हजार सम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डि पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ ।

 

वि.सं.२०८० माघ ७ आइतवार १७:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...