back
CTIZAN AD

सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा

वि.सं.२०८० माघ ८ सोमवार

906 

shares

इलाम । नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो ।

प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई सय १० राजस्व लिने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै उनले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने व्यवस्था नहुँदा भएको समस्या हट्दै जाने बताए ।

कार्यक्रममा कोशी प्रदेशका यातायात महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा केन्द्र सञ्चालनले सहज हुने जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मिट भएका सवारीले अन्यत्र जाँदा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजस्व बुझाउने व्यवस्था गरिएको छ । प्रमुख खतिवडाका अनुसार एक पटक पटके काटेका भारतीय सवारीले सात दिनसम्म कोशी प्रदेशभित्र जान पाउने व्यवस्था गरिएको छ ।

सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । व्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरिएको प्रमुख खतिवडाले जानकारी दिए । उनले भने, “केन्द्र स्थापना भएपछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्वसमेत बढ्ने छ ।” केन्द्र उद्घाटन पहिलो दिन नै १५ सवारीले पटके काटेको केन्द्रले जनाएको छ । पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई केन्द्र स्थापनाले सहज हुने जनाइएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले केन्द्र सञ्चालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक सन्देश जाने बताए । पशुपतिनगर नाका भएर ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् ।

 

वि.सं.२०८० माघ ८ सोमवार ११:०६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...