back
CTIZAN AD

काठमाडौंबाट नक्कली डाक्टरको आरोपमा पक्राउ

वि.सं.२०८० माघ ८ सोमवार

1.4K 

shares

काठमाडौं । काठमाडौंबाट नक्कली डाक्टरको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाइ नक्कली डाक्टरको आरोपमा बसुन्धराबाट पक्राउ गरेको हो ।

चीनबाट एमबिबिएस गरेको र राजगञ्जस्थित शिक्षण अस्पतालमा कार्यरत रहेको बताउदै आएका भट्टाचार्यले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेको प्रहरीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाणपत्र देखाएर धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको बयान दिएका छन् । उनले आफु तीनवर्षदेखि यस कार्यमा संलग्न रहेको समेत प्रहरी समक्ष बयान दिएका छन् ।

 

वि.सं.२०८० माघ ८ सोमवार १४:३६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...