back
CTIZAN AD

काठमाडौंको मुटुमा एक महिलाको विभत्स हत्या, प्रेमि भनिएका एक पुरुष पक्राउ

वि.सं.२०८० माघ ८ सोमवार

2K 

shares

काठमाडौं । काठमाडौंमा एकवर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएकी एक महिला मृत फेला परेकी छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भू शोभाभगवतीमा डेरा गरेर बसेकी तनहुँ, भिमदत्त न.पा १ घर भएकी वर्ष ५१ की सफिया मियाँ मृत फेला परेकी हुन् ।

स्थानीय सरिता गिरीको घरमा मियाँ र भारतको विहारको दरभङ्गा लालबाग थाना घर भएका ४७ वर्षीय ईकरामुल हक अन्सारी विगत १ वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको र उनीहरुले दुवैजनाले एकले अर्कालाई श्रीमान श्रीमती भएको सबैलाई बताउँदै आएका थिए ।

आफ्नो घरमा श्रीमान श्रीमतीको रुपमा बस्दै आएका सफिया र अन्सारी झण्डै तीनमहिनादेखि कोठामा आवत जावत गरेको नदेखेपछि घरधनी सरिता गिरीले माघ ३ गते स्थानीयको रोहबरमा कोठाको चावि फुटाएर हेर्दा सफिनाको शब खाटमुनि सडेगलेको अवस्थामा फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् ।

उक्त घटनाको अनुसन्धानका लागि तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा अन्सारीलाई माघ ३ गते काठमाडौं, का.म.न.पा.–१३ कालीमाटीमा दिलीप साहले संचालन गरेको बिएन फेसन नामको गार्मेन्टबाट पक्राउ गरेको थियो ।

अन्सारीलाई ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानमा खुलेको तथ्य
प्रहरीको अनुसन्धानमा विवाहित रहेका ईकराम झण्डै ८–९ वर्ष अघिदेखि नेपाल आई गार्मेण्टमा काम गर्दै आइरहेका थिए ।्
त्यस्तै विवाहित भएपनि घरपरिवारसँग राम्रो सम्बन्ध नभएपछि सफिना एकवर्षदेखि अन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । उनीहरुबीच २–४ महिनादेखि व्यक्तिगत कुरामा समय–समयमा विवाद समेत हुने गरेको थियो ।

सोही क्रममा (कात्तिकको पहिलो हप्ता) रातैभरी दुवैजनाबीच विभिन्न कुराहरूलाई लिएर विवाद हुँदै गर्दा बिहानीपख अन्दाजी ३–४ बजेको समयमा अन्सारीले आफ्नै कोठाभित्रको भित्री ढोकाको आग्लोले सफिनाको शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएपछि उनकै सलले घाँटीमा बेरी हत्या गरेर खाटमुनि शव छोडेर भागेका थिए ।

प्रहरीका अनुसार घटना घटाएपश्चात अन्सारी पक्राउ पर्ने डरले ढोकामा ताला लगाई चाबी कोठाबाट बाटोतर्फ जाने झयाङमा फालेर विरगंजबाट रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा पुगि करिब २ महिना लुकीछिपी बसेका थिए ।

लुकीछिपी बसेको भएतापनि निजले आफूले गरेको हत्याबारे थाह भएको–नभएको आफ्ना साथीहरूबाट निरन्तर सूचना लिइरहेका थिए । पछि तीन महिनापछि नेपाल फर्किएका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

वि.सं.२०८० माघ ८ सोमवार १५:११ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...