back
CTIZAN AD

खानेपानी संस्थान वीरगञ्जमा कर्मचारीको अभावले कामकाज प्रभावित हुँदै

वि.सं.२०८० माघ ९ मंगलवार

936 

shares

वीरगञ्ज । लामो समयदेखि दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको कार्यालय प्रमुख इञ्जिनियर निरण महर्जनले जानकारी दिए ।

कार्यालयमा प्रमुखसहित ५२ जना कर्मचारीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुखसहित १३ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एक जना कार्यालय प्रमुख, लेखा शाखातर्फ एक जना सहायक लेखा अधिकृत, एक जना वरिष्ठ सहायक लेखापाल, सहायक लेखापाल चार जना, कनिष्ठ लेखापाल दुई जना, प्रशासनतर्फ एक जना शाखा अधिकृत, दुई जना सहायक शाखा अधिकृत, एक जना वरिष्ठ सहायक, चार जना सिनियर मिटर रिडर, दुई जना कार्यालय सहायक, पाँच जना मिटर रिडर, दुई जना सवारी चालक र चार जना कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुख ई महर्जन, एक जना वरिष्ठ सहायक लोखापाल, एक जना कनिष्ठ सहायक, एक जना सिनियर मिटर रिडर र दुई जना मिटर रिडरका रुपमा कार्यरत रहेका छन् ।

यस्तै सो कार्यालयको इञ्जिनियरिङ शाखातर्फ एक जना इञ्जिनियर र सहायक प्राविधिक अधिकृतको दरबन्दी भए पनि ती दुबै पद रिक्त रहेको प्रमुख ई महर्जनले बताए । त्यस्तै उत्पादन तथा गुणस्तर शाखातर्फ एक जना केमिष्ट, एक जना सव इञ्जिनियर, १५ जना पम्प सञ्चालक, दुई जना स्याम्प्लर, तीन जना हेल्पर, दुई जना हेरालुको दरबन्दी भए पनि हाल हेरालु एक जना बाहेक सबै पद रिक्त रहेको सो कार्यालयले जनाएको छ ।

वितरण शाखातर्फ एक जना सव इञ्जिनियर, दुई जना सिनियर प्लम्बर, आठ जना कार्यालय सहयोगी र आठ जना कार्यालय सहयोगीको दरबन्दी भएकोमा हाल एक जना सिनियर प्लम्बर र चार जना कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

दरबन्दी अनुसारको कर्मचारी नआउँदा दैनिक ज्यालादारीमा कर्मचारी राखेर कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ई महर्जनको भनाइ छ । तर बजेट अभावमा गत पुस १ गतेदेखि १३ जना दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएर अहिले १० जना ज्यालादारी कर्मचारीबाट जेनतेन कार्यालयको कामकाज सञ्चालन गर्दै आएको उनले बताए ।

लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न, प्रशासनिक टिप्पणी उठाउने, कम्प्युटरसम्बन्धी काम, कार्यालयको कार्यसम्पादन विश्लेषण र खानेपानीको धारा मर्मतलगायतको काम प्रभावित हुँदै आएको कार्यालय प्रमुख ई महर्जनको कथन छ । सीमित जनशक्तिका बाबजुद कार्यालयको कामसँगै सेवाग्राहीको गुनासो सुन्ने र समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको उनकोे भनाइ छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे संस्थानको केन्द्रीय कार्यालयसहितको निकायमा पटक–पटक जानकारी गराएर कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।

वि.सं.२०८० माघ ९ मंगलवार १४:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...