back
CTIZAN AD

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

वि.सं.२०८० माघ ११ बिहीवार

1.1K 

shares

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु तीनै सिटमा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा(माओवादी केन्द्र)की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी भएका हुन् ।

अन्य समूहमा निर्वाचित श्रेष्ठले कूल तीन हजार आठ सय आठ मतभार प्राप्त गर्दा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चार सय ७७ मतभार पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले एक सय छ मतभार पाए ।

महिलातर्फ माओवादीका शर्माले तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी हुँदा उनकी निकटतम प्रत्याशी नेकपा(एमाले)की सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मतभार पाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौमाया श्रेष्ठले एक सय छ मतभार पाइन् ।

अपाङ्गतातर्फ विजयी नेपाली काँग्रेसका परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गरे । परियारका प्रतिस्पर्धी नेकपा(एमाले)का हेमन्द्र शेरचनले कूल दुई हजार चार सय ५८ मतभार पाए । अपाङ्गतातर्फ प्रदेशसभाको तीन मत बदर भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको थियो । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार थियो ।

पोखरा महानगरपालिका–७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा विहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो ।

मतदानमा प्रदेशसभाका ६० र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय ६९ गरी दुई सय २९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो ।

तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता÷अल्पसंख्यक समूहबाट निर्वाचित भएका हुन् । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा(एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं.२०८० माघ ११ बिहीवार २२:०४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...