back
CTIZAN AD

‘समुदायमा कांग्रेस अभियान’ शिर्ष नेताहरु कहाँ को खटिए ?

वि.सं.२०८० माघ १४ आइतवार

3.7K 

shares

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ का लागि प्रदेशगतरुपमा शिर्ष नेताहरुलाई जिम्मा दिइएको छ ।

कांग्रेसको माघ १६ गतेदेखि २६ गतेसम्म ‘सबै वडामा एकैपटक, समुदायमा जाऔं जनताका कुरा सुनौ’ भन्ने नाराका साथ सुरु हुन थालेको उक्त अभियानका लागि फरक समूह फरक जिल्लामा जाने गरी नेताहरुलाई जिम्मा तोकिएको हो ।

उक्त अभियानका लागि १६ देखि २६ गतेसम्म शिर्ष नेताहरु खटाइएको जिल्लामा जनतासँग भेटघाट, छलफल गर्नेछन् ।

पार्टी कार्यालयका अनुसार कोशी प्रदेशका लागि डा. शेखर कोइराला झापा र सुनसरी, डा. नारायण खड्का –संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा तथा बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुरको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै मधेस र वागमती प्रदेशका ४ जिल्लाका लागि प्रकाशमान सिंह– महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा वागमतीका सिन्धुली र मकवानपुर तोकिएको छ भने महालक्ष्मी उपपाध्याय ‘डिना’ लाई मधेशका बारा, पर्सा, रौतहट र बागमती प्रदेशको धादिङ र चितवन जिम्मा दिइएको छ ।

त्यस्तै बागमती प्रदेशमा डा.मिनेन्द्र रिजाल काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा, पुष्पा भुसाल ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि रुपन्देहीी, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पाको जिम्मेवारी दिइएको छ भने डा. डिला संग्रौलालाई कपिलवस्तु, गुल्मी, रुकुम,(पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।

त्यस्तै गण्डकीका तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपपुर महेन्द्र यादव र प्रदीप पौडेललाई कास्की, म्याग्दी, स्यङ्जा र बागलुङको जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेशको दैलेख, सल्यान र सुर्खेतमा डा. शशांक कोइरालालाई जिम्मेवारी तोकिएको छ भने सुदूरपश्चिम प्रदेशका लागि कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बाजुर र कन्चनपुरमा भिष्मराज आङ्देम्बेलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अभियान नराखिएको कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

 

 

 

 

 

वि.सं.२०८० माघ १४ आइतवार १६:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...