back
CTIZAN AD

बिहानदेखी बेलुकासम्म च्याउखेतीमा रमाउछन् ५६ वर्षीय ठकुरी

वि.सं.२०८० माघ १४ आइतवार

1.3K 

shares

त्रिवेणी (नवलपरासी) । बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । छपन्न वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का उनले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन गरिरहेका छन् ।

सुरुमा घरमा दुईवटा टनेलमा च्याउ खेती प्रारम्भ गरेका उनले च्याउ खेतीमा आम्दानी लिन सकिन्छ भन्ने थाहा भएपछि घर नजिकै दसकठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेका हुन् । घरमा दुई र भाडाको जग्गामा दस वटा टनेल बनाएर च्याउ उत्पादन गरिरहेको ठकुरीले बताए । एक पटक लगाइएको एउटा च्याउ उत्पादन गर्ने पोकाबाट सात/आठ पटक च्याउ टिप्न सकिने उनको भनाइ थियो ।

गत वर्ष करिब पाँच क्वीन्टल च्याउ बिक्री गरेका ठकुरीले यसवर्ष बाह्र क्वीन्टलको हाराहारी उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएका छन् । यसपटक धेरै च्याउ उमार्ने गरी काम गरिएको र उत्पादित च्याउ कावासोतीकै बजारमा खपत हुँदै आएको ठकुरीको भनाइ थियो ।

यसवर्ष रु २० लाख बराबरको च्याउ बिक्री गर्ने योजनाअनुसार काम गरिरहेका उनले खर्च रु एक लाख हुने र खर्च कटाएर रु दस लाखसम्म आम्दानी लिने लक्ष्य रहेको बताए ।

च्याउ उत्पादन धेरै हुँदा सुकाएर मसरुम सुपका लागि पोका बनाएरसमेत बिक्री गर्ने गर्ने गरिएको छ । मसरुम सुप तयार पार्ने मेसिन खरिद गरिएको र उत्पादन धेरै हुँदा प्याकेट पारी बिक्री गर्ने गरिएको छ । च्याउ फार्ममा दुई कामदारसमेत छन् । त्यसबाहेक छोराले पनि च्याउ उत्पादन तथा बिक्रीमा सहयोग पु¥याउँदै आएको उनले बताए ।

पहिले भारत र नेपालमा गाडी चालकका रुपमा काम गरेका ठकुरी त्यो काम छाडेर केरा खेतीमा लागे । केरा खेतीमा भनेजस्तो आम्दानी नभएपछि हाटबजारमा तरकारी खरिद बिक्री गर्न सुरु गरेका उनी पछि च्याउ खेतीमा लागेका हुन् । छोरा ठूलो हुँदै गएपछि विदेश पठाउनु भन्दा यहीँ नै केही पेसा गरौँ भन्ने लागेर च्याउ खेतीगर्न सुरु गरिएको ठकुरीको भनाइ थियो ।

“छोराको पनि उमेर पुगेपछि विदेश पठाउनुपथ्र्यो, विदेशमा राम्रै हुन्छ भन्ने ग्यारेन्टी थिएन, के गर्ने भन्ने विकल्प खोज्दै जाँदा यता लागियो” उनले भने, खेती गर्ने रहर पुगेको छैन । यसका लागि लागि कृषि ज्ञान केन्द्रले बीउ खरिदमा रु एक लाख सहयोग गरेको छ ।”

 

वि.सं.२०८० माघ १४ आइतवार १६:४० मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...