back
CTIZAN AD

भरतपुर भ्रमण वर्ष २०२४ : छुटसहित प्याकेज घोषणा गर्न महानगर प्रमुख अनुरोध

वि.सं.२०८० माघ १५ सोमवार

1.4K 

shares

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् ।

होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको बताइन् ।
‘भरतपुरमा अहिले पनि पर्यटक आईरहनु भएको छ,उनले भनिन्,‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुदैछ ।’
यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको छ ।
भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन् ।

भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् ।

महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिइन् ।

दियालो बंगलाको स्तर उन्नतीको लागि ठेक्का आह्वान भई सकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उनले बताइन् ।

भरतपुरमा जीप सफारी, जङ्गल सफारी ,डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले बताइन् ।

भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुदाँ ठुलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताइन् ।

भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गरेकी छन् । यसको निर्यक्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राखिन् ।

सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भएपनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पारिन् ।

कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्षित गरी विषेश अफर ल्याउने उल्लेख गरे ।

भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल ऐजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ ।

वि.सं.२०८० माघ १५ सोमवार १७:१६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...