back
CTIZAN AD

सीमा नाका कटकुईयाँमा फहराइयो राष्ट्रिय झण्डा

वि.सं.२०८० माघ १८ बिहीवार

1.1K 

shares

नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर-१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ ।

बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बोर्ड आउन पोष्ट कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राष्ट्रिय झण्डा फहराएका थिए ।

सो अवसरमा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मरणराम खरालले हजारौँ योजनामध्ये नरैनापुरको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नुलाई फहराउन सफल हुनु नरैनापुरबासीका लागि गौरवको विषय भएको बताउदै आउने वर्षको बजेटमा सिमामा गेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्ररण कुमार पोखरेलले कटकुइयामा फहराइएको राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे । उनले भने,“कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।”

नरैनापुर १का अध्यक्ष इसाक जोलाहले देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता राजधानीमा मात्र खोज्ने गरेको टिप्पणी गर्दै उनले भने, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल-भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।”

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बिक्रम शाही, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुभास बोहरा, अनुसन्धान विभागका एसपी मोहन कुवर, वडा नं.२का अध्यक्ष मसूद अहमद शाह, ३ अजय मिश्रा, ४ का मनोज शर्मा, नरैनापुरका प्रेस विज्ञ आलम खान, पत्रकार विनय दिक्षित, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल-भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

वि.सं.२०८० माघ १८ बिहीवार १३:०० मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...