back
CTIZAN AD

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती घर फर्किएपछि घरलाई ‘उप कारागार’ घोषणा

वि.सं.२०८० माघ १८ बिहीवार

1.2K 

shares
इस्लामाबाद ।   भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार परेकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहेकी छन्  ।
मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन् ।
मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मङ्गलबार १० वर्षको कारागार सजाय पाएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा छन् । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उनको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उनलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन् ।
उनकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उनको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ । “मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्को आदेश नभएसम्मका लागि उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ”, आदेशमा भनिएको छ ।
अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ ।
पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदैछ । निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) माथि ठूलो कारवाही गरिएको छ ।
गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दङ्गा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए ।
बिबीले खानसँग सन् २०१८ मा विवाह गरेकी थिइन् । खान प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा केही महिना पहिला दुवैले मुलुकलाई बदनाम र हैरान बनाएको आरोप खेपेका थिए ।
अक्सफोर्डबाट शिक्षित खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाएका थिए । प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उनको फोटो खिचिन्थ्यो । ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उनको पहिलो विवाह सम्बन्धविच्छेदमा टुङ्गिएको छ ।
त्यसपछि उनले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह रे । एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गरेकी थिइन् । तेस्री श्रीमती बिबी सार्वजनिकरूपमा कमै देखिने  तथा बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउने गरेको पाइन्छ  । (एएफपी)

वि.सं.२०८० माघ १८ बिहीवार १७:१७ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...