back
CTIZAN AD

लक्षित परिणामका लागि राजनीतिक स्थिरता र स्थिर सरकार आवश्यक-मन्त्री यादव

वि.सं.२०८० माघ १८ बिहीवार

1.1K 

shares

काठमाडौं । प्रतिनिधिसभाको पुर्वाधार विकास समिति अन्तरगतको खानेपानी उपसमितिले खानेपानी मन्त्रालयसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित समितिको हलमा आयोजित बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादवले नीतिगत जटिलता र कर्मचारितन्त्रको उदासिनताले गर्दा समस्या खडा भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य तथा उपसमिति संयोजक उर्मिला माझीको अध्यक्षतामा भएको बैठकमा सदस्य सांसदहरुले उठाएको विषयमाथि धारणा राख्दै मन्त्री यादवले लक्षीत परिणामको लागि राजनीतिक स्थिरता र स्थिर सरकार आवश्यक रहेको धारणा राखेका थिए ।

उनले राष्ट्रिय गौरवका आयोजनाको निश्चित मापदण्ड तोक्नुपर्ने बताएका छन् । उनले तीनै तहका सरकारमा नीतिगत जटिलता र समस्या देखिएको बताए । मन्त्री यादवले मनत्रालयले छिटै स्वयत पत्र जारी गर्ने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।
बैठकमा सहभागि सांसदहरुले खानेपानी जनताको आधारभूत आवश्यकता भएको र मौलिक हक भएकाले सबैले स्वस्थ खानेपानी पाने व्यवसथा गर्न मन्त्रालय गम्भीर हुनुपर्ने बताएका थिए । त्यसैगरी उनीहरुले खानेपानीको विषयमा एकीकृत कार्ययोजना बनाउनुपर्ने, जार र बोटको पानीमा पनि शुद्धता नभएको गुनासो आएको, मेलम्चीबाट बाह्रै महिना खानेपानी उपलव्ध गराउन नसक्ने अवस्था, समितिको बैठकहरु गुनासो सुन्ने थलोमात्रै जस्तो बनायएको लगायतका विषयहरु राखेका थिए ।
बैठकको अध्यक्षता गरेकी सांसद माझीले मन्त्रालयले हालसम्म गरेको प्रगति विवरण, खानेपानीमा देशभरको अवस्था, आयोजनाहरुको अवस्था, बजेटको अवस्थाबारे मन्त्रालयले यथार्थ रिपोर्ट पेश गर्न तथा खानेपानी नआएको अवस्थाका धाराहरुको खानेपानी महशुल नलिने सरकारको निर्णय तत्काल कार्यन्वयन गर्न निर्देशन दिएकी थिइन् ।

वि.सं.२०८० माघ १८ बिहीवार १७:२९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...