back
CTIZAN AD

पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो : रूसी उद्धारकर्ता

वि.सं.२०८० माघ २१ आइतवार

972 

shares

मस्को । युक्रेनको पूर्वी शहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालककोपनि मृत्यु भएको थियो ।

कब्जापछि उक्त क्षेत्रलाई हेर्दै आएको मस्कोको सेनाले शनिबार भनेको छ, “रूसले युक्रेनविरुद्ध आक्रमण गरेको लगभग दुई वर्षपछि पुग्नै लाग्दा गत साताको अन्त्यमा युक्रेनले बेकरीलाई निशाना बनाएको थियो ।

पूर्वी युक्रेनको मोर्चा केही महिनायता मुस्किलले अघि बढेको छ तर युद्ध अझै रक्तपातपूर्ण छ र पछिल्ला हप्ताहरूमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ ।

“बेकरीस्थलमा खोजी कार्य जारी छ । एक बच्चासहित २८ जनाको मृत्यु भएको पुष्टि भएको छ,” रूसी आपतकालीन व्यवस्था मन्त्रालयले टेलिग्राममा भनेको छ ।

उद्धारकर्ताले अहिलेसम्म १० जनालाई भग्नावशेषबाट बचाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि आपतकालीन कर्मचारीले अँध्यारोमा भग्नावशेष खोतल्दै गरेको भिडियो सार्वजनिक गरेको थियो । उक्त स्थानबाट उद्धारकर्ताहरूले एक मृतक र एक घाइते महिलालाई स्ट्रेचरमा राखेर बाहिर निकालिएको देखेका थिए ।

मस्कोस्थित अधिकारीहरूले एक जना घाइतेको अवस्था गम्भीर रहेको र उनलाई लुगान्स्क शहरको एक अस्पतालमा लगिएको बताएका छन् ।

रुसको विदेश मन्त्रालयले आक्रमणमा पश्चिमा हतियारको प्रयोग भएको र अन्तर्राष्ट्रिय सङ्गठनबाट यस घटनाको ‘तत्काल निन्दा’ हुने अपेक्षा गरिएको जनाएको छ ।

मस्कोको आक्रमणअघि करिब एक लाख १० हजार जनसङ्ख्या भएको लुगान्स्क क्षेत्रको एक शहर लिसिचान्स्क सन् २०२२ को ग्रीष्मऋतुमा भएको व्यापक युद्धपछि रूसी सेनाको कब्जामा परेको थियो ।(रासस/एएफपी)

वि.सं.२०८० माघ २१ आइतवार १४:०९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...