back
CTIZAN AD

पानीका मुहान जोगाउन बाँस हटाउने अभियान

वि.सं.२०८० माघ २३ मंगलवार

1.7K 

shares

अर्घाखाँची । सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

भूमिकास्थिान नगरपालिका-६ खिल्जीमा वडा अध्यक्ष प्रेमनारायण वेल्वासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाइएका बास हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बासले ऐतिहासिक महत्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान पनि सुक्ने, सुक्खायाममा आगलागीको पनि जोखिम हुने भएकाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो ।

निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र बरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन भनेको छ । “बर र पिपललाई चाहिने पानी र घाम बाँसले लिन्छ र बरपिपल भोको रहन्छ । अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणको लागि राम्रो छ”, सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बास र पानीको मुहान असर गर्ने गरी लगाइएको बास हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।
रासस/फाइल फोटो

वि.सं.२०८० माघ २३ मंगलवार १३:२६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...