back
CTIZAN AD

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढ्यो

वि.सं.२०८० माघ २५ बिहीवार

1K 

shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९० प्रतिशतले बढेको छ । नेपाल लाइफले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा १२.९० प्रतिशतले बढाएर ४२ करोड ७७ लाख रुपैयाँ पुर्याएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ६८ करोड ९१ लख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ५८ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँ बढेर १०.४२ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०८० माघ २५ बिहीवार १२:१५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...