back
CTIZAN AD

मौरीपालन व्यवसायले बदलिएको भाग्य, वार्षिक तीन करोड भन्दा बढीकाे कारोबार

वि.सं.२०८० माघ २५ बिहीवार

1.2K 

shares

लमजुङ । सुन्दरबजार नगरपालिका वडा नंं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार गए । त्यहाँ एक महिना काम गरेको उनले मासिक तलब नेपाली रु १७ हजार जति पाए ।

यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किए । विदेश जाँदा लागेको रु एक लाख ५० हजार ऋण पनि तिर्न बाँकी नै थियो ।

स्वदेश फर्कनासाथ उनले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका साथै परिवारको गुजारा पनि चलाउँदै आए । अलिअलि रकम जम्मा गर्दै रु तीन हजार पाँच सयले सुरुमा एक घार मौरीसहितको घार खरिद गरे । त्यसबेला मकैबारीमा काम गर्दैगर्दा मौरीमाथि उडेर गएकाले यस्तो उडेर जाने माहुरी किन्नुभन्दा चामल किनेको भए परिवारले खान त पाउने थिए भन्दै आफूलाई गाली गरेको गुरुङले सुनाए ।

पहिलोचोटी परिवारको गाली खाए पनि फेरि सोही रकम बराबरको अर्को एक घार मौरीसहितको घार खरिद गरेर काम थालेका व्यवसायी गुरुङले विसं २०६९ मा युवा लक्षित कार्यक्रमबाट रु ४० हजार अनुदान प्राप्त भएपछि सो रकमबाट मौरीसहितको गोल घार थप्दै गएको र पछि यसको सङ्ख्या बढाउँदै अहिले दुई सय ७५ जति घार करिब सात रोपनी जग्गामा फैलिसकेको जानकारी दिए । विसं २०७३ मा सुजिता मौरीपालन तथा घार उद्योग तथा मौरीपालन स्रोत केन्द्र दर्ता गरेका उनले मौरीपालनमात्र नभई मौरीसम्बन्धी घार बनाउने, मौरीसम्बन्धी टोपी, स्टेन, आधार चाका, फ्रेमलगायत आवश्यक सामग्रीसमेत बनाउन थाले ।

सत्र जनालाई रोजगारसमेत दिलाएका व्यवसायी गुरुङले यतिका कर्मचारीबाहेक अन्यलाई समेत रुख काट्ने कामका लागि खटाउने गरिएको बताए । उनका अनुसार मह बिक्री, मौरिसहितका घार, खाली घार, मौरीसम्बन्धी विभिन्न उपकरणका सामग्री बिक्री गरेर बर्सेनि रु तीन करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । आठ–नौ वर्षदेखि सबै खर्च कटाएर रु २५ लाखदेखि रु ३६ लाखसम्म मुनाफा हुँदै आएको छ । प्रतिकिलो रु एघार सयमा मह बिक्री गर्दा गत वर्ष रु तीन करोड ७६ लाखबराबरको कारोबार भएकामा यस वर्ष हालसम्म रु आठ लाख कमाई भइसकेको छ ।

यहाँ उत्पादित मह लमजुङसहित काठमाडौँ, गोरखा, पोखरालगायत अन्य ठाउँमा पुग्ने गरेका र लमजुङबाहेक विगत पाँच वर्षदेखि कास्की जिल्लास्थित रुपा गाउँपालिकामा ७५ वटा र चिवतनमा ५० वटा मौरीको घारसमेत राखिएको व्यवसायी गुरुङको भनाइ थियो ।

“मौरीका लागि धेरै खटिराख्नु नपर्ने र समयअनुसार हेरचाह गरे पुग्ने भएकाले बेलाबेलामा आफैँ पुगेर हेरचाह गर्दै आएको उनले जानकारी दिए । आफूसहित श्रीमती र पढ्दै गरेका दुई छोरा तथा एक छोरीले सहयोग गर्ने गरेका छन् । व्यवसायी गुरुङले भन्नुभयो, “पहिला खानालाउन समस्या हुन्थ्यो, अरुसँग ऋण माग्नुपर्ने थियो, घरव्यवहार चलाउनै नसक्ने अवस्थामा थिएँ । गरिब भएकै कारण अरुले हेला गर्दर्थे । धेरै दःुखकष्ट व्योहोर्नुपर्यो तर अहिले धेरै राम्रो भएको छ । त्यतिबेलाको दुःख भुलेको छु । मौरी व्यवसायबाटै सफलता हुँदा यस पेसाले मेरो भाग्य नै बदलियो ।”

प्राप्त आम्दानीबाट गाउँ पालिकाको वडा नंं ५ गहतेमै लाखौँ मूल्यका दुईतले घर, सुन्दरबजारमा एक रोपनी जग्गासमेत उनले जोडिसकेका छन् । गायक पशुपति शर्माले गराएका गीत ‘मलाई अमेरिका पनि यहीँ, बेलायत पनि यहीँ, जापान पनि यहीँ, चिन्ता छैन केही’ भनेजस्तै भइरहेको छ भन्दै उनले गर्न सके विदेशमा मात्र होइन, आफ्नै गाउँठाउँमा पनि काम गर्न सकिनेमा जोड दिए । आफूले गर्ने कामको पहिचान गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिनुहुने व्यवसायी गुरुङ सुन्दरबजार नगरपालिकाबाट यस वर्ष उत्कृष्ट किसानका रूपमा सम्मानित हुनाका साथै विसं २०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत पुरस्कृत भइसकेका छन् ।

 

वि.सं.२०८० माघ २५ बिहीवार १५:४० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...