back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण

वि.सं.२०८० माघ २६ शुक्रवार

1K 

shares

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो ।

बैंकका अनुसार अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् । आमा घरमा शुक्रवार आयोजित एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको बैंकले जनाएको छ । समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरेका छन् ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०८० माघ २६ शुक्रवार १५:१८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...