back
CTIZAN AD

जीपले ठक्कर दिदा साइकलमा सवार दिदीबहिनीको मृत्यु

वि.सं.२०८० फागुन ३ बिहीवार

975 

shares

घोराही (दाङ) । दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् ।

लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका-८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३-०१०२२ च १३६९ नं को जीपले बुधवार साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो । मृत्यु हुनेमा साइकलमा सवार प्यूठानको झिमरूक गाउँपालिका-१ घर भइ हाल राप्ती गाउँपालिका-८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० फागुन ३ बिहीवार ०७:५७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...