back
CTIZAN AD

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

वि.सं.२०८० फागुन ३ बिहीवार

2.6K 

shares

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौ अधिवेशन नृत्यंगना÷गायिका तथा मोडल बसन्ती राईलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

फेब्रवरी १० का दिन शनिवार न्यूयोर्कको क्विन्सस्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पदमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन आधुनिक गायक तथा अधिवेशनको प्रमुख अतिथी जगदिश समाल र कार्यक्रम सभापति चर्चित गायिका निशा सुनारबाट संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


राईको नेतृत्वमा गठित १८ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लोक तथा दोहोरी गायक बिमल डाँगी, उपाध्यक्षमा चर्चित नृत्य निर्देशक/ नृत्यकार तथा मोडल शंकर बिसी, अभिनेता/निर्देशक तथा संचारकर्मी बिक्की पुलामी, गायक राजेन्द्र राई, गितकार तथा लोक दोहोरी गायक मधुर गिरी र मोडल ईत्ना कार्की सहित ५ जनालाई सर्वसम्मत चयन गरेको छ ।

साथै यसपटक पनि दोहोरिएर लोक तथा दोहोरी गायिका संगिता थापा मगरलेनै महासचिब पदमा जिम्मेवारी सम्हालेकी छन् भने सह–सचिबमा गायक प्रेम सेन्चुरी, कोषाध्यक्षमा कलाकार नबिन श्रेष्ठ, सह–कोषाध्यक्षमा कलाकार पुष्पा बस्नेत युवासंयोजकमा गायक दिलिप श्रीसमगर, मिडिया संयोजकमा कवि तथा गीतकार पुष्कर बराल सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी बोर्ड सदस्यहरुमा गायक वीर घर्ति मगर, कलाकार माया मेलिसा राई, कलाकार चिनिलाल श्रेष्ठ, पार्कर खेलाडी तथा कलाकार दिनेश सुनार र गायक तथा संगीतकार कुमार थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रमको समापन निर्बाचन प्रमुख आयुक्त गीरिजा प्र. कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, युनाईटेड किरात राई एसोसियसन अफ अमेरिकाका उपाध्यक्ष केशबराम राई, साहित्यकार गिता खत्री र निवर्तमान अध्यक्ष गायिका निशा सुनारले महाअधिवेशनको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियो भने पर्यवेक्षकहरु बिष्णु राना मगर, शोभाकान्त पाण्डे र शंकर बिसुन्के सहित चर्चित कलाकार, गायककार, संगीतकार कवि तथा साहित्यकार र अन्य संस्थाका अतिथीहरूको सहभागिता रहेको थियो ।

 

वि.सं.२०८० फागुन ३ बिहीवार १५:३४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...