महोत्तरी । आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–१ बसवरिया टोलकी ७० वर्षीया पूजा यादव रहेकी छन् ।
यादवको सोमबार बिहान आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाइल फाेटाे
वि.सं.२०८० फागुन ८ मंगलवार १३:१६ मा प्रकाशित






























